पर्वतमा कांग्रेस उम्मेदवार जोशीको अग्रता कायमै

पर्वत | मंसिर ६, २०७९

पर्वतमा कांग्रेस उम्मेदवार जोशीको अग्रता कायमै

पर्वत:  पर्वत जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ । पर्वतमा कूल खसेको ६६ हजार दुई सय ७३ मत मध्ये अपराह्न ४ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ झण्डै १७ हजार मत गणना भएको छ ।


 पछिल्लो मतगणना परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले नेकपा एमालेका उम्मेदवार पदम गिरीलाई छ सय ९८ मतान्तरले पछि पार्नुभएको छ । जोशीले आठ हजार ४२ मत प्राप्त गर्नुभएको छ भने गिरीले सात हजार तीन सय ४४ मत प्राप्त गरेका छन् ।


प्रदेशसभा सदस्य क्षेत्र नं १ तर्फ गठबन्धनतर्फका माओवादी केन्द्रका उम्मेदवार सुदीप कुँवरले सात हजार आठ सय ६४ मत प्राप्त गर्नुभएको छ ।  एमालेका भक्त कुँवरले सात हजार पाँच सय ९१ मत प्राप्त गरेका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नं २ तर्फ गठबन्धनका तर्फका कांग्रेस उम्मेदवार ऋषिकेश तिवारीलाई एमालेका उम्मेदवार मित्रलाल बस्यालले एक हजार पाँच सय ५० मतले पछि पार्दै अग्रता कायम गर्नुभएको छ । 


पछिल्लो परिणामअनुसार कांग्रेसका तिवारीले पाँच हजार आठ सय २३ र एमालेका बस्यालले सात हजार तीन सय ७३ मत प्राप्त गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले दिएको जानकारीअनुसार बुधबार बेलुकासम्म मतगणनाको अन्तिम परिणाम आउन सक्ने छ ।

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्